नियम १८
तारेख पर्चा दिनु पर्ने
(१) अनुसन्धान अधिकृतले कुनै अभियुक्तलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएमा अनुसूची – १६ बमोजिमको ढाँचामा तारेख किताब खडा गरी तारेख दिनु पर्नेछ ।
(२) अभियुक्तलाई तारेख दिने तारेख पर्चाको ढाँचा अनुसूची–१७ बमोजिम हुनेछ ।